क्वान्तासले छ हजार कर्मचारी निकाल्ने



सिडनी ,एजेन्सी ।

अष्ट्रेलियाको नामुद एयरलायन्स क्वान्तासले कोरोना भाइरस महामारीको कारण सिर्जित आर्थिक नोक्सानीलाई सन्तुलनमा राख्न आफ्ना छ हजारजना कर्मचारीको रोजगार कटौती गर्ने निर्णय गरेको छ । कोभिड १९ को कारण एयरलायन्सले करिव २० प्रतिशत कर्मचारी कटौति गर्न लागेको हो ।

गत मार्च यस एयरलायन्सले आफ्ना ८० प्रतिशत भन्दा बढि कर्मचारीलाई बेतलबी विदामा बस्न लगाएको थियो । अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्तासले विश्वव्यापि रुपमा हवाई यात्रा ठप्प भएको कारण आम्दानी नराम्ररी प्रभावित भएको बताएको छ ।

गत साता अष्ट्रेलियाली सरकारले आगामी वर्ष सम्म मुलुकको अधिकांश सिमाना बन्दै रहेने घोषणा गरेको थियो । साथै सरकारले क्वान्तासलाई न्युजिल्यान्ड तर्फको बाहेक अन्य सम्पूर्ण अन्तर्राष्ट्रिय उडान अक्टोवरको उत्तरार्ध सम्म रद्ध गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्