कोरोना संक्रमित १ करोड पुग्ने



वासिंगटन (एजेन्सी)
विश्वमा आज राती सम्ममा कोरोना संक्रमित संख्या १ करोड पुग्ने अनुमान गरिएको छ । अहिलेसम्म यस विश्व महामारीको चपेटामा ९८ लाख ८७ हजार ७ सय ८० जना आइसकेका छन् । यसमा ५३ लाख १६ हजार २ सय जना ठीक पनि भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट मर्नेको संख्या ४ लाख ९५ हजार ३ सय ८२ पुगिसकेको छ । शुक्रबार एक दिन मै १ लाख ७० हजार ३ सय ५० नयाँ संक्रमित बढेको छन । सयमा सबैभन्दा बढी ४१ हजार ८ सय २७ नयाँ संक्रमित पुष्टि ब्राजिलमा भएको हो । अमेरिकामा ३९ हजार ४ सय ६१ नयाँ केस देखिएका छन् ।
भारतमा विगत २४ घन्टामा ३ सय १ जनाको कोरोनाबाट मृत्यु भयो । भारतमा कोरोना संक्रमित संख्या ५ लाख ९ हजार ४ सय ४ पुगेको छ ।
त्यसैगरी बंगलादेशमा पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ६८ किर्तिमान संक्रमण पुष्टि भएको छ । बंगलादेशमा संक्रमित संख्या १ लाख ३० हजार नाघेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता नसिमा सुल्तानाले जानकारी दिएकी छन् ।
त्यसैगरी पाकिस्तान अहिले सम्म कोरोना संक्तमित संख्या १ लाख ९५ हजार ७ सय ५४ पुगेको छ भने यस संक्रमणबाट ३ हजार ९ सय ६२ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्