पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने



कविराज नेपाल, पाल्पा ।

कोरोना संंक्रमणको कहर र चिन्तासँगै दुइटा खुशीका समाचार पनि पाल्पा वासीले सुन्न पाएका छन । विश्वव्यापी रुपमा महामारीका रुपमा देखापरिरहेको कोरोना संंक्रमण पाल्पा जिल्लामा पनि वढदो अवस्थामा रहेको छ जिल्लावासीका लागि यो पिरलोको विषय वनिरहेको वेला तर सुक्रवार भने जिल्लावासीका लागि कोरोना संंक्रमणको चिन्तासँगै दुइटा खुशीका समाचार पनि पाल्पा वासीले सुन्न पाएका हुन ।

ती समाचारमा पहिलो थियो ९ जनाले एकैपटक कोरोना महामारीलाई जितेर निको भएर घर फर्केको समाचार थियो भने अर्काे पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने भन्ने छ । रम्भा गाउँपालिकाका आठ जना र रिब्दीकोट गाउँपालिकाका एक जना संक्रमित निको भएर घर फर्किएका छन् । रम्भा गाउँपालिका हुँगीका एक महिलासहित ७ पुरुष जना लुम्बिनी मेडिकल कलेजबाट फर्किएका हुन् । रिब्दीकोट ठिमुरेका एक पुरुष पनि घर फर्केका हुन् ।

यो सँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १६ पुगेको छ । यस अघि रामपुर नगरपालिकाका २ जना निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किए सकेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

मन्त्रालयले पाल्पामा पिसिआर मेसिन सञ्चालनका लागि स्विकृत दिएपछि पाल्पा क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सामाजिक सञ्जालमार्फत पाल्पा अस्पतालको मातहतमा पिसिआर मेसिन स्थापना र सञ्चालन गर्ने अवसरले जिल्लावासीको परीक्षणमा सहजता हुने विश्वास लिएको वताउनु भएको छ ।

७७ थपिए : 

पाल्पा जिल्लामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका एक महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड पर्सन श्रीकृष्ण भट्टराईले बताउनु भयो भन । रामपुर नगरपालिकामा देखिएका ७५ जना मध्ये १ जना महिला र ७४ जना पुरुष रहेका छन् । उनीहरु मध्ये जनशान्ति माध्यमिक विद्यालय,चन्द्रोदय माध्यमिक विद्यालय,दरैठाँटी माध्यमिक विद्यालय, गंगा मावि र जनविकास माध्यमिक विद्यालयका क्वारेन्टाइनहरुमा वस्दै आएका थिए । संक्रमितहरु गत जेठ महिनामा मुम्बई, इन्दोर, राजस्थान र दिल्लीबाट फर्किएका थिए । यस सगैं रामपुरमा संक्रमितको संख्या ९१ पुगेको छ । गत जेठ २१ गते कोरोना पोजेटिभ देखिएका २ जना भने निको भएर घर फर्किएका छन् ।

त्यस्तै तानसेन नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ । यी देखिएका संक्रमित तानसेन कुन ठाँउका हुन् भन्ने खुलाइएको छैन । यो सँगै तानसेन नगरपालिकामा संक्रमितको संख्या ५ पुगेको छ । सुक्रवार देखिएका ७७ जना सहित जिल्लामा संक्रमितको कूल संख्या ४ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्