क्षेत्रपाटी नि:शुल्क अस्पताललाई ह्वील चेयर प्रदान



न्युज अफ नेपाल, काठमाडौँ ।

क्षेत्रपाटी अस्पतालले निशुल्क सेवा दिदैँ आएको छ । कोरोना महामारीमा सन्त्रास रहेका बेला पनि अस्पतालले उपचार र बिरामीप्रति सेवा भाव राख्ने गरेको छ । यसैबीच क्षेत्रपाटी क्लिनिकलाई इनर ह्वील क्लब अफ राजधानी (रोटरी)ले व्हील चेयर प्रदान गरेको छ ।

राजधानी क्लबका अध्यक्ष नूर मास्केको उपस्थितिमा क्लिनिकलाई व्हील चेयर प्रदान गरिएको हो । महामारीको बेलामा पनि क्लिनिकलाई सहयोग गरेको बताउदै डाक्टर मनोजमान श्रेष्ठले क्लबप्रती आभार प्रकट गरेका छन् ।

आफूहरु सधै बिरामीको हेरचाहमा लागि परेको बताउँदै श्रेष्ठले क्लबको सहयोगले झनै उत्साह थपेको बताएका छन् ।यस्तै, अध्यक्ष मास्केले पनि क्लिनिकको बिरामीप्रतीको दृष्टिकोण र उपचार राम्रो भएको जनाउँदै क्लबले सहयोग गर्ने निर्णय गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्