बिन लादेनलाई शहिदको संज्ञा



इस्लामावाद, (एजेन्सी) । 

पाकिस्तानको संसदमा अल कायदामा नेता ओसामा विन लादेनलाई अमेरिकाले शहिद बनाएको अभिव्यक्ति दिएपछि पाकिस्तानका प्रधान मन्त्री इमरान खानको शुक्रवार विपक्षी राजनीतिक समुहले कडा आलोचना गरेको छ ।

सन् २००१ को ११ सेप्टेम्वरमा अमेरिकाका विभिन्न स्थानमा आत्मघाती तथा आतंककारी आक्रमण गराउने सुत्रधार विन लादेनलाई सन् २०११ म अमेरिकी विशेष सैनिक फौजले पाकिस्तानको एवोत्तावाद स्थित एउटा घरमा लुकेर बसेको अवस्थामा हत्या गरेको थियो ।
तर अमेरिकाले सो महत्वपूर्ण मिसनबारे पाकिस्तानलाई पूर्व सूचना दिएको थिएन । पाकिस्तानका पुर्व विदेशमन्त्री ख्वाजा आसिफले पाकिस्तानको छवि वरवाद गर्ने आतंककारी विन लादेनलाई शहिदको संज्ञा दिइएकोमा आपत्ति जनाएका छन् ।

लदेनको हत्या हुँदा पाकिस्तान पिपुल्स पार्टीका नेता विलावल भुटो जरदारी प्रधानमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्