लकडाउनमै क्रान्ति दिवस मनाइयो



बैंकक, (एजेन्सी) । 

सन् १९३२ को सियामेसे क्रान्तिको स्मरणमा आयोजित ८८ औं वार्षिक दिवस मनाउन बुधवार बिहान सवेरै दर्जनौं अभियन्ता र बिदार्थीहरु थाइल्यान्डको राजधानी बैंककमा शान्तिपुर्वक भेला भएका छन् । कोरानो भाइरसको महामारीको वावजुद पनि या ेत्रकार्यक्रमको आयोजना भएको हो ।

सो जनआन्दोलनकै कारण थाइल्यान्डको आठ सय वर्ष पुरानो पूर्ण राजतन्त्रको अन्तय भएको थियो । तिनीहरुले पिपुल पार्टीको पहिलो घोषणा पत्र पढेका थिए ।

उक्त घोषणाले तत्कालिन सम्राट रामा सप्तमको राज्य सत्ताको कडा आलोचना गरेको थियो । विशाल स्क्रिनमा क्रानितकारी नेता फ्राया फाहोनफोनफायुहासेनाले ८८ वर्ष अघि दिएको जोशिलो भाषण देखाइउको थियो ।

थाइल्यान्डका कम्तिमा अन्य १२ वटा प्रान्तमा पनि यस्तै कार्यक्रमको आयोजना गरिएको थियो । वर्तमान सरकारलाई उक्त रक्तपातविहिन क्रानितको इतिहास दवाउन खोजेको आरोप लगाइएको छ । खाना रात्सादोन ९ पिपुल्स पार्टी ० ले गरेको सो क्रान्तिको कारण थाइल्यान्डमा संवैधानिक राजतन्त्रको स्थापना हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्