भ्रष्टाचारी स्वास्थ्यमन्त्री पक्राउ



लुसाका, (एजेन्सी) ।

जाम्वियाका स्वास्थ्यमन्त्री चितालु चिलुफ्यालाई भ्रष्टाचारको अभियोगमा प्रहरीले गिरफतार गरेको छ ।

अख्तियार दुरापयोग निवारण आयोग (एसिसि) ले छानविन गरेपछि ४७ वर्षिय डाक्टर तथा राजनीतिज्ञ चिलुफ्यालाई जमानतमा रिहा गरिएको छ ।

एसिसिका प्वक्रा जोनाथन सियामेका अनुसार उनलाई अपराध गरी कमाइएको सम्पत्ति साथमा राखेको लगायतका चारवटा अभियोग लगाइएको छ । आफु विरुद्ध लाइएका अभियोगबारे केहि पनि प्रतिक्रिया नदिएका उनलाई आगामी ९ जुलाइमा राजधानी लुसाका स्थित अदालतमा उपस्थित गराइने भएको छ ।

केहि समय यता एसिसि उच्च ओहदामा रहेका सरकारी अधिककारीहरलाई कारवाही गर्न सफल रहेको देखिन्छ । गतवर्ष आवास मन्त्री रोनाल्ड चितोतेला पक्राउमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्