अमेरिकामा अनिवार्य १४ दिने आइसोलेसन



न्युयोर्कसिटी ,(एजेन्सी) । 

अमेरिकाको न्युयोर्क , न्यु जर्सी र कन्नेक्टीकटले कोभिड –१९ को महामारी बढि भएका राज्यहरुबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा १४ दिने आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

न्युजर्सीका अधिकारी फिल मर्फीले यि तीन राज्यका जनताले महामारीको डरालाग्दो अनुभव गरिसकेकाले अझै अर्को चरणको संक्रमण नफैलियास् भन्ने चाहेको जानकारी दिएका छन् । केहि दक्षिणी र पश्चिमी अमेरिकी राज्यहरुमा अहिले तुलनात्मक रुपमा संक्रमण तिव्र रुपमा बढिरहेको छ । युनभिर्सिटी अफ वासिंगटनले अक्टोवर सम्ममा १ लाख ८० हाजार को ज्यान जाने वा यदि ९५ प्रतिशतले मास्क लगाउने हो भने १ लाख ४६ हजार जनाका मृत्यु हुने भविष्यवाणी गरिसकेको छ ।

अमेरिकामा अहिले सम्म २३ लाख भन्दा बढि संक्रमित हुनुका साथै १ लाख २१ हजार जना भन्न्दा बढिको ज्यान गइसकेको छ । स्वास्थ अधिकारीहरुले आगामी केहि साता स्थिती अझै डरलाग्दो हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्