मिक्वाखोला गाउँपालिकामा ‘अध्यक्ष कृषि आयोजना’ सञ्चालन हुने



दिलकुमार लिम्बू,  ताप्लेजुङ ।

मिक्वाखोला गाउँपालिको सातौं गाउँ सभाले अध्यक्ष कृषि आयोजना संञ्चालन गर्ने निति तथा कार्याक्रमा पहिलो प्राथामिता दिएको छ ।

अध्यक्ष कृषि आयोजना मिक्वाखोला गाउँपालिकाको स्थानीय गौरवको आयोजनाको रुपमा सञ्चालन गरिने भएको छ । मिक्वाखोला गाउँपालिका मुख्या आर्थिक स्रोत तथा रोजगारी अवसर प्रदान गर्ने भएको छ ।

यो आयोजना वहुआयामिक बहुवर्षे आयोजनाको रुपमा संञ्चालन हुने छ । यस आयोजना अन्तर्गत समुदायको मागमा कार्यक्रम संचालन हुनेगरी रु १५ लाख विनियोजन गरिने छ । वैराखुदेखि किलिङ सम्म माथिल्लो भेगमा “१ घर १० ककखर“ कार्यक्रम मार्फत कम्तिमा ५०० परिवारलाई दाँते ककखरको कलमी बिरुवा प्रदान गरिने भएको छ । थुम्मा देखि खान्दाङ सम्म तल्लो भेगमा “१ घर २० घ्यूफल“ को उन्नत बिरुवा उपलब्ध गराइनेछ । थुम्मा देखि खान्दाङ सम्म तल्लो भेगमा “१ घर १०० भूँईकटर“ कार्यक्रम मार्फत कम्तीमा २५० घर परिवारलाई बिरुवा उपलब्ध गराइनेछ । हरेक वडामा कम्तीमा एक एक वटा टर्कीपालन र बाख्रापालन फार्महरु सञ्चालन गरिनेछ । त्यस्ता फार्महरु सञ्चालन गर्नका लागि उन्नत नश्लहरु अनुदानमा उपलब्ध गराइनेछ । माथिल्लो भेगलाई आलुखेतीको पकेट क्षेत्र घोषणा गरी आलु खेती प्रबर्दन गरिनेछ । बेसार अदुवा र लसुन जस्ता कृषिउपजहरुको उत्पादन वृद्धि गर्न विशेष अभियान चलाइनेछ ।

व्यावसायिक ट्राउट र असलामाछा पालन तथा सिताके च्याउ खेती प्रबर्दन गरिनेछ । अनुदान वितरण गर्दा एक घर एक अनुदानको नीति लागू गरिनेछ ,अनुदानमा विरुवा प्राप्त गर्ने कृषकले बिरुवाको उचित स्याहार नगरेमा अर्को वर्षको अनुदान कार्यक्रम बाट बञ्चित हुने छ ।

प्रतिक्रिया दिनुहोस्