जीर्ण कटेरोमा क्वारेन्टिन, पशु सरहको व्यवहार गरेको भन्दै ध्यानाकर्षण



रामधन राई, खोटाङ ।

खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित क्वारेन्टिनमा रहेका नागरिकलाई पशु सरह व्यवहार भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराईएको छ । गाउँभन्दा टाढा रहेको खेतस्थित खुल्ला आकाश देखिने, खरले छाएको तथा भत्किएर जीर्ण भएको कटेरोमा निर्मित क्वारेन्टिनमा नागरिलाई राखिएको भन्दै ध्यानाकर्षण गरिएको हो ।

धादिङवाट गाउँ फर्किएका ४० बर्षिय कपुर परियार, ३८ वर्षिया सानुका परियार, १६ वर्षिया मीना परियार, ८ वर्षिया रेजिना परियार र ३ वर्षिया प्रतिक्षा परियार लगायत ८ जनालाई जीर्ण क्वारेन्टिनमा राखिएको भन्दै नेपाली कांग्रेस गाउँ कार्य समिति खोटेहाङ गाउँपालिकाले विहिवार ध्यानाकर्षणपत्र जारी गरेको हो । धादिङमा ज्याला मजदुरी गर्दै आएका ५३ बर्षीय देबबहादुर राई, १८ वार्षिय टलेज राई र ८ वर्षिय मनोज राई पनि असार ३ गते सँगै गाउँ फर्किएका थिए ।

गाउँपालिकाको अध्यक्ष प्रदिप राईलाई बुझाईइएको ध्यानाकर्षणपत्रमा वडाध्यक्ष गोपिकृष्ण राईको निर्देशनमा बिगत ९ दिनदेखि जीर्ण भौतिक व्यवस्थापनमा खाद्यान्न तथा लत्ताकपडा समेत उपलव्ध नगराईको उल्लेख छ । क्वारेन्टिन वरिपरि झाडि–पोथ्रा भएको, बर्षातको समयमा सर्प र खजुरको जोखिम भएको, खाद्यान्न र लत्ताकपडा उपलब्ध नभएको लगायतका विषयमा ध्यानाकर्षण गराईको छ ।

कांग्रेस गाउँ सचिव लोकराज ढकालको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा मापदण्ड अनुरुपको क्वारेन्टिन निर्माण गर्नुपर्ने तथ क्वारेन्टिनमा बसिरहेका नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख छ ।  नागरिकलाई यथोचित खानपान र लत्ताकपडा व्यवस्था गर्नुका साथै मानव अधिकार सुनिश्चित गरि उपयुक्त र व्यवस्थित स्थानमा क्वारेन्टिन निर्माण गरी
राख्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । ७ वुँदामा राखिएको मागमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुले आफुप्रति जनप्रतिनिधि र केही व्यक्तिहरुबाट उचित मानवीय बोलि र व्यवहार नभएको गुनासो गरेको जनाईएको छ । राज्य सत्ता र शक्तिको पहुँच भएका र नभएका, धनी र गरिब भनेर विभेद नगरी समान व्यबहार बाहिरबाट पालिकाभित्र आउन नागरिकलाई क्वारेण्टिनमा राख्ने व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा सुझाव दिईएको छ ।

गाउँपालिका अध्यक्ष प्रदिपकुमार राईले भने सम्वन्धित व्यक्ति र घरपरिवारको सहमतिमै धादिङवाट आएका स्थानीयलाई उक्त स्थानमा राखिएको बुझिएको वताउनुभएको छ । धादिङवाट आउनेहरुको घर नजिकै सो घर खाली रहेको र सो स्थानमा सम्वन्धित व्यक्तिहरु वस्न चाहेकोले अन्य क्वारेण्टिन हँदाहुँदै उक्त स्थानमा राखिएको वडा कार्यालयवाट बुझिएको अध्यक्ष राईको भनाई छ ।

अध्यक्ष राईका अनुसार ९ वडा रहेको गाउँपालिकामा एकै प्रकृतिको ७० वटा क्वारेण्टिन छन् । ९ नम्वर वडा अर्थात लिच्किराम्चेमा मात्र १० वटा क्वारेण्टिन निर्माण गरिएकाले टहरा भनिएको उक्त स्थानलाई क्वारेण्टिन नवनाईएको स्पष्ट पार्नुभएको छ । यद्यपी खाने व्यवस्था गाउँपालिकावाटै गरिएको अध्यक्ष राईको भनाई छ । आरोप लगाईए जस्तो अव्यवस्थित रुपले  स्थानीयलाई नराखिएको वडा सदस्यहरुवाट जानकारी आएको अध्यक्ष राईले सनाउनुभयो । यदि त्यस्तो हो भने वडाध्यक्षसँग तत्कालै ‘एक्सन’ लिई सरसल्लाह र सुझावअनुसार आवश्यक सुधार गर्ने वताईएको छ । असार १० गते तोकिएको गाउँसभाकै दिन स्थानीय एक शिक्षकको निधन भएपछि असार १२ गते
भईरहेकाले वडाध्यक्षसँग राम्ररी वुझ्न नपाएको भन्दै गाउँसभा सकिएपछि यसवारेमा तुरुन्तै वुझ्ने अध्यक्ष राईले सुनाउनुभयो ।

विपदमा आईलाग्ने समस्यालाई सवै मिलेर समाधान गर्नुपर्नेमा जोड दिँदै कमीजोरीप्रति ध्यानाकर्षण हुनु र सुझाव आउनुलाई सह्राहनीय पक्षको रुपमा लिएको गाउँपालिकाका अध्यक्षले जनाउनुभयो लकडाउनको समयमा भारत लगायत विभिन्न स्थानवाट गाउँपालिका भित्रिने
नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापडण्ड अनुरुप नै पुर्‍याउन नसके पनि आधारभूत पक्षहरुमा गाउँपालिकाले ध्यान दिईएको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्