सल्यानमा थप तीन जनामा कोरोना पुष्टि, जिल्लाका ९ स्थानीय तहमा फैलियो संक्रमण



सरिता चलाउने, सल्यान ।

सल्यानमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत शुक्रबार तीन जनामा कोरोना पुष्टि गरेको छ । थपिएका सबै शारदा नगरपालिकाका रहेका छन् ।

शारदा नगरपालिका वडा न ९ का २५ र ३७ वर्षका पुरुष र वडा न १२ का ३२ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै क्वारेनटाइनमा रहेको र उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार थपिएका तीन जनासँगै सल्यानमा संक्रमितको संख्या १ सय ७६ पुगेको छ । बनगाड कुपिण्डे नगरपालिकाका १ सय ३७, बागचौर नगरपालिकाले ९, कुमाख गाउँपालिकका ९, सिद्ध कुमाख गाउँपालिकाका ३, त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २ , दार्मा गाउँपालिकाका ९ र सल्यान अस्पतालका १ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

दश स्थानीयतह रहेको सल्यानमा नौ स्थानीय तहमा कोरोना भाइरस फैलिएको छ । छत्रेश्वरी गाउँपालिका बाहेक अन्य सबै पालिकाका कोरोना भाइरसको सक्रमण फैलिएको छ ।

सल्यानमा कोरोना संक्रमित उपचार पछि १ सय ५० जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसनमा रहेका १ ५० जनाहोम क्वारेनटाइनमा बस्नेगरी घर फर्किएका हुन । हाल विभिन्न आइसोलेसनमा २६ जना उपचारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्