फक्ताङलुङ गाउँपालिकाका सबै विद्यालयमा स्थानीय भाषा पढाई हुने



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङ गाउँपालिकाले सातौ गाउँ सभाले फक्ताङलुङ गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरुमा स्थानीय भाषा अध्ययन अध्यापन गर्ने गाउँ सभाले परित गरेको छ ।

फक्ताङलुङ गाउँपालिकामा यस अघी ३३ विद्यालयमा स्थानीय भाषा अध्ययन अध्यापन हुर्दै आएको थियो भने थप ७ विद्यालय गरि ४० विद्यालयमा स्थानीय भाषा शिक्षक नियुत्ती गरि स्थानीय भाषा लिम्बू, शेर्पा र राई अध्ययान सुर गर्ने भएको छ । बाल शिक्षा सहजकर्ताहरुलाई बालमनोविज्ञान तालिमको व्यवस्था मिलाई बालमनोवैज्ञानिक विधिबाट प्रभावकारी बाल प्रविधि मैत्री शिक्षण गर्ने भएको छ । प्रत्ये विद्यालयमा कम्प्युटर तालिम प्रप्त शिक्षकको व्यवस्था गरि सूचना प्रविधि मैत्री शिक्षणमा जोडदिने भएको छ ।

विद्यालयको शिक्षण सिकाइ गुणस्तर सुधार गर्न र शिक्षकहरुको मनोबल बढाउँन आधरभुत विद्यालयहरुको प्रधानध्यपकहरुलाई मासिक एक हजार प्रोत्साहन प्रदान गर्ने भएको छ । आधरभुत विद्यालय भन्दा माथिका प्रधानध्यपकहरुलाई मासिक रु १५ सयको दरले प्रोत्साहन भत्ता प्रदान गरिने भएको छ त्यतै लेखा कार्यालय सहयोगीलाई मासिक एक हजारको दरले प्रोत्साहन भत्ता पाउँने भएको छ । बाल शिक्षा सहजकर्ताहरुलाई भने मासिक २ हजारको दरले प्रोत्साहन भत्ता पाउँने भएको छ ।

किसोरी अवस्थामा आउँने शारिरिक परिर्वतन तथा विभिन्न समस्याको कारणले विद्यालय उपस्थितमा पर्ने समस्था समधान गर्न साथै सबै किसिमको समस्या समधानको साथै स्वस्थ्य परार्मस सेवाको लागि सबै विद्यायलको एक कोठामा स्वस्थ्य डेस्क स्थापना गर्ने भएको छ । कक्षा ९ देखि माथिका विद्यार्थीहरुलाई निशुल्क स्यनिटरी प्याड प्रदान गने भएको छ ।

लामो समय कोरोना भाईरसको कारण शिक्षणमा नकारात्मक असर परेकोले शिक्षण सिकाईकमा सुधार ल्याउन सार्वजनिक विदाको दिन र विहान बेलिकी कोचिङ कक्षा संचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्