शहीद नारायण पोखरेल क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा अनुदानका लागि बाटो खुल्यो



क्युएए पाएसंगै
यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा संचालित शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू/ए/ए) प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेकोे छ ।

क्याम्पस प्रमुख यदुलाल पन्थले शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्ती गरेको जानकारी दिनुभयो ।

क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको उँहाले बताउँनुभयो । क्यू/ए/ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसको भौंतिक निर्माणको लागि ३ करोडसम्मको अनुदान प्राप्त हुने भएको छ ।

क्याम्पसले अब प्राविधिक विषय थप गदैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिृबद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिनुभयो ।
क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्ती गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिनुभयो ।

क्यूएएको अवधि ५ वर्षको हुने उँहाले बताउँदै विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्सले सधैं राखिरहेने जनाउँनुभयो ।

यस्तै क्याम्सले आगामी १० वर्षे गुरुयोजना समेत तयार गरेको छ । कार्यक्रममा क्यूएए कोर्डिनेटर विष्णु अर्यालले क्यूएए प्राप्तीको लागि क्याम्पसले पुरा गरेको प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तह गरि ९ सय ११ विद्यार्थी रहेका छन । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन ।

प्रतिक्रिया दिनुहोस्