फौजी किराले मकैबाली नष्ट



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटमा किसानको मकै वाली फौजी किराले नष्ट गरेको छ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले विश्वलाई नै आक्रान्त वनाई रहेका वेला नेपाल सरकारले देश नै लकडाउन गरेपछि विभिन्न स्थानबाट घर फर्केका नागरिकहरुले पेशा व्यवसायीहरुमा उत्कृष्ट पेशाको रुपमा रहेको कृषि पेशालाई निरन्तरता दिदै आएका हुन् ।

पेशाहरु मध्ये सवै भन्दा सर्वश्रेष्ठ मानिएको कृषि पेशालाई निरन्तरता दिदै किसानहरु रमाउदै मानो रोपेर मुरी फलाउने सोचका साथ कृषि कार्यमा लागेका किसानहरुको सपना माटोमै विलिन हुने भएको छ । गोडमेल गरी मकै भित्र्याउने ईच्छा र महान अभिलाशाका साथ रमाउदै खेतवारीमा गएका किसानहरु फौजी किराले मकै वाली नष्ट गरेपछि निरास हुदै घर फर्किने गरेका छन ।

मकै खेती फौजी किराले नष्ट गरेपछि कृषिका क्षेत्रमा काम गर्ने कृषि विकास कार्यालय, भेरी नगरपालिका कृषि शाखासग फौजी किरा रोगथाम र नियन्त्रण गर्ने विधिका वारेमा जानकारी गराएका थिए । किसानले एक पटक मकै वाली अवलोकन गरिदिन सम्वन्धित निकायसग आग्रह गरेपछि भेरी नगरपालिका कृषि शाखाले मकै वाली अवलोकन गरी फौजी किराले मकै खेती नष्ट गरेको कृषि शाखाले वताएको थियो ।

फौजी किरा नियन्त्रणको लागी इमामेक्टीन,बेन्जाएट,इमिडाक्लोपिड,साईपरामेथ्रिन, डेल्टामेथ्रिन, निमेक्स, नुभान विषादि पानीमा घोलेर मकै खेतीमा स्प्रे गर्दा फौजी किरा नियन्त्रण हुने भएकोले विषादी प्रयोग गर्न भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले आग्रह गर्नु भएको थियो ।

मकै खेती नष्ट गरेपछि विस्तारै धान खेतीलाई पनि आक्रमण गर्ने भएकोले फौजी किरा नियन्त्रणको लागी भेरी नगरपालिका कृषि शाखाले इमामेक्टीन,बेन्जाएट,इमिडाक्लोपिड,साईपरामेथ्रिन, डेल्टामेथ्रिन, निमेक्स, नुभान विषादि वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले वताउनु भयो ।

भेरी नगरपालिका कृषि शाखाले प्रत्येक घरधुरीलाई विषादी प्रयोग गर्ने विधिका वारेमा जानकारी गराउदै वितरण गरेको कृषि शाखाका प्राविधिक सहायक भोल खत्रीले वताउनु भयो । एक प्याकेट विषादीमा २० लिटर पानी राखेर स्प्रे गर्दा फौजी किरा नियन्त्रण हुने भएकोले विशेषगरी विहान अथवा बेलुकाको समयमा किरा वाहिर आउने भएकोले उक्त समयमा विषादी छर्दा फौजी किरा नियन्त्रण हुनेभएकोले कृषि प्राविधिक भोला खत्रीलेकिसानलाई आग्रह गर्नु भयो ।

भेरी नगरपालिका १३ का कृषक गणेश आर सीले रोटीको लागी अति उत्तम मानिएको स्थानिय रैथाने मकै वालीलाई प्राथमिकता दिदै आएका थियो, मकै खेती फौजी किराले नष्ट गरेपछि के खाने भन्ने चिन्ता थपिदै गएकोवताउनु भयो । आफनो मात्र करिव ६ देखी १० मुरी सम्म मकै हुन्थ्यो फौजी किराले मकै वालीमा आक्रमण गरेपछि पोलेर खाना पनी नपाईएला भन्ने चिन्ता लागेको दुखेसो गर्नु भयो । म जस्तै हजारौ किसानले लगाएको मकै खेती फौजी किराले नष्ट गरेको आर सीले वताउनु भयो ।

भेरी नगरपालिकाका १ देखी १३ वटै वडाहरुमा किसानले लगाएको मकै वालीमा फौजी किराले क्षेति पुरयाएको कृषि प्राविधिक भोला खत्रीले वताउनु भयो । भेरी नगरपालिका भित्रको मकै उत्पादन हुने करिव १२ सय हेक्टर जमिनमा लगाएको मकै वालीमा फौजी किराले आक्रमण गरेकोले फौजी किरा नियन्त्रणको लागी कृषि शाखाबाट विषादी वितरण गरेको शाखा प्रमुख अधिकारीले वताउनु भयो ।

फौजी किरा नियन्त्रणको लागी सवै वडाहरुमा विषादी वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्