पोखरामा शव व्यवस्थापन गर्दा गोली चल्यो, स्थिति तनावपूर्ण



न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमितको मृत्यु पछि व्यवस्थापन गर्दा पोखरामा गोली चल्यो । स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा स्थानीय र प्रहरीविच भडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ ।

पोखरा स्थिति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उपचारका क्रममा बुधबार राती संक्रमित व्यक्तको मृत्यु भएको थियो । बिहिवार शव पोखरा महानगरपालिका–३१ मजुवा स्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर अवरोध सृजना गरेपछि झडप भएको थियो ।

शब भने नेपाली सेनाले तोकिएकै स्थानमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।शब व्यवस्थापनका लागि घाटमा जाने बाट अवरोध गर्दै शसस्त्र प्रहरीको गाडि तोडफोडमा उत्रिएका स्थानिय ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपका क्रममा स्थानियले ढुंगामुडा गरेको र प्रहरीले गोली समेत चलाएको थियो ।

झडपमा दुबै तर्फका एकदर्जन बढी घाईते भएका छन् । स्थानिय नगरपालिका र नेपाली सेनाले घाटको तय गरि मृतकको शब गाड्ने निर्णय गरेका थिए । अहिले पनि पोखरा तनावग्रस्त रहेको स्थानियले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्