पर्वतमा आगामी वर्ष एक हजार भन्दा बढी घरमा टिनको छानो



न्युज अफ नेपाल, पर्वत । 

पर्वत जिल्लामा आगामी आर्थिक बर्षमा खरका छाना हटाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन हुने भएको छ ।

आगामी आर्थिक बर्षमा पर्वत जिल्लाका ७ वटा स्थानिय तहमा खरका छाना बिस्थापित गरि १ हजार भन्दा बढी घरमा टिनको छानो लगाइने भएको छ ।

ग्रामिण भेगमा हुने खर९फुस० को छाना विस्थापन गरी टिनको छाना राख्नको लागि शहरी विकास मन्त्रालयले आथि २०७७÷०७८ मा १ हजार ६२ घरमा टिनको छाना लगाउने भएको छ।

पर्वतका मोदी र महाशिला गाउँपालिका एक बर्ष भित्रै खरको छानो मुक्त हुने भएका छन । पर्वतमा यस बर्ष मोदी गाउँपालिकामा ८६ घरधुरीमा खरको छानोलाई टिनको छानो लगाइने छ भने महाशिला गाउँमापमिला २ सय ५० घरमा टिनको छानो लगाइनेछ । यस बाहेक विहादी गाँउपालिकामा सय घर, जलजला गाँउपालिकामा १ सय १० , फलेबास नगरपालिमा १ सय ३४ घर, पैयु गाँउपालिकामा १ सय ४० घर र कुस्मा नगरपालिकामा १ सय ४२ घरमा टिनको छानो हुनेछन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा चालु आर्थिक बर्षमा नै पर्वत पार्ने प्रयास छुटेको तर आगामी आर्थिक बर्षमा भने कार्यान्वयनमा आउन लागेको अध्यक्ष तिमिल्सिनाका निजी सचिब सचिवालयका उपसिचब उद्वीर नेपालीले जानकारी दिनुभयो ।

‘गत बर्ष छुटेपनि यस यस बर्ष अध्यक्ष ज्यूको पहलले सार्थकता पाएको छ,’ उपसचिब नेपालीले भन्नुभयो ‘बजेट विनियोजन गरिदिनु भएकोमा शहरी विकास मन्त्री माननीय बसन्त नेवाङ्गज्यूलाई हार्दिक आभार दिन चाहान्छौ । ’

पर्वत जिल्लामा स्थानीय तहहरुको तथ्याङ्क अनुसार २२०० घरधुरीहरुमा खरको छाना रहेका छन । बाँकी रहेका गाउँपालिका र नगरपालिकाहरु अबको दुई बर्षभित्रमा खरको छाना मुक्त भई पर्वत जिल्ला नै खर (फुस) को छना मुक्त जिल्ला हुनेछ । यस कार्यक्रमले ग्रामिण ईलाकामा गरिबीको कारण चुहिने छाना मुनि बस्न बाध्य जनताहरूलाई राहत पुग्ने भएको छ ।
समाप्त असार ११

प्रतिक्रिया दिनुहोस्