चट्याङ लागेर २ को मृत्यु, एक गम्भीर घाइते



न्युज अफ नेपाल, हेटौँडा ।

मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर–२ को कालापानीमा बुधबार राति करिब पौने ९ बजे परेको चट्याङले स्थानीय आशालाल घिसिङकी २५ वर्षीया पत्नी बिना घिसिङ र बुद्ध घिसिङकी छोरी १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।

चट्याङ लागेर सोही स्थानका पुर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

आआफ्नै घरमा बसिरहेको अबस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारका क्रममा राति करिब साढे दस बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्