राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाद्वारा मसाल जुलुस (भिडियोसहित)



न्युज अफ नेपाल, भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सम्वद्ध यूथ भोलन्टियरले राजसंस्था पुनर्स्थापना र एमसीसी खारेजको माग गर्दै मसाल जुलुस सम्पन्न गरेको छ ।

राष्ट्रघाती एमसीसी खारेज गर, भ्रष्टाचारी सरकार मुर्दावाद, राजसंस्था जिन्दावादको नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो । यस्तै कोरोेना नियन्त्रणका लागि पीसीआर अनिवार्य गर्न माग समेत राखेको थियो । युवाहरूको व्यापक सहभागितामा बुधबार साँझ सम्पन्न कार्यक्रम दरबार स्क्वायर डबलीमा आएर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्