अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका नेपाली जोडी जेल चलान



न्युज अफ नेपाल,काठमाडौं।

सोमबार अस्ट्रेलियाको सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली जोडीलाई आज जेल चलान गरिएको छ ।  प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो । उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्