तागेरा निङवाफु जाने बाटोमा फलफुलका बिरुवा रोपियो



दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ साघँ गाउँमा लिम्बूहरुको धार्मिक तथा ऐतिहसिक तागेरा निङभु ओडार गुफा मा दर्शन गने जानेहरुको भक्त जनहरुको लागि फुलफूल रोपेको छ ।

तागेरा संरक्षण सिमितिको पहलमा बुधवार विभिन्न किसिमका फलफुल रोपेको हो गागती ५० बाटो केरा २० बोटो,चिउँरी २५ बोट,तेज पता ४० बाटो, बाँस २५ बोटो मज्यूर पंङखि ५० बोट र अन्य विरुवा समेत वृक्षय रोपण गरेको स्थानीय कुशल फेम्बूले जानकारी दिनु भएको छ ।

तागेर निङवाफु गुफामा आउँने दर्शनार्थीहरुलाई प्रसादको रुपमा फल फुल प्रदान गर्नको लागि तागेर निङवाफु गुफा जाने बाटोको छेउँ-छेउमा विभिन्न फल फुल रोपेको तागेरा सरक्षण समितिका अध्यक्ष गेदरजुङ ताम्मादेन जानकारी दिनु भयो । तागेरा निनिङवाफु गुफा एक पुरातात्वीक तथा ऐतिहासीक गुफा हो ।

परापुर्वकाल देखि नै स्थानीयहरुले पूजा पाट गर्दै आएको भए पनि अहिले सम्ममा गुफाको खोज तथा अनुसन्धान हुन नसकेको फक्ताङलुङ दर्पण पत्रिकाका सम्पादक जितेन चेम्जोले बताए । अहिले गुफाको नजिकै मन्दिर निर्माण गरि १६ औं राष्ट्रिय महागुरु फागुन्दको सालिक राखिएको छ । आन्तरिक तथा बाह््रय पर्यटन प्रवद्धधन गर्नको लागि फल फुल रोपेको अध्यक्ष ताम्मादेनले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस्