नेपाल समाचारपत्रकर्मी खनाल पुरस्कृत



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल समाचारपत्रकर्मी कृष्णउदास खनाल पुरस्कृत हुनु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगर परिषदमा समाचारपत्रकर्मी कृष्णउदास खनाल नगद पुरस्कार सहित सम्मानित हुनु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत तथा उपमेयर मीनाकुमारी लामाले नगद १३ हजार पाँच सय रुपैयाँ नगद सहित बिकास पत्रकारिता शीर्षकमा पुरस्कृत गर्नुभएको हो । हेटौंडा एफएममा समेत कार्यरत खनालले पत्रकारिता माध्यामबाट पछिल्लो समय मकवानपुर र हेटौंडा क्षेत्रका बिपन्न,गरिब तथा दलित समुदाय सहित आवाजबिहिनहरुको आवाज बनेको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमंत्री डोरमणी पौडेलको बिशेष उपस्थिति रहेको थियो । सोक्रममा मकवानपुरका पत्रकारहरु प्रकाश दाहाल,सरिता दाहाल,सुवास बिडारी,सुदीप सिवाकोटी ,सुरेश श्रेष्ठ सहित अज्रग पत्रकार नवराज शर्मा पनि पुरस्कृत गरिएको छ । अग्रज पत्रकार शर्माालाई नगद १७ हजार पाँच सय र अन्य पत्रकारहरुलाई जनही रु. १३ हजार पाँचसयको दरले पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्