सल्यानमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि



सरिता चलाउने, सल्यान ।

सल्यानमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्यानमा कार्यरत ४५ वर्षका पुरूष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलनमा संलग्न रहेका ति स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले बताए ।

संक्रमित पुरुषको असार ५ गते स्वाव संकलन गरी सुर्खेत पठाइएकोमा बुधवार रिपोर्ट पोजेटिभ आएको हो । ७ जना स्वास्थ्यकर्मीको पिसिआर परिक्षण गरिएकोमा अन्य ६ जनाको भने नेगेटिभ आएको छ ।

एक जना स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखिएपछि सल्यान अस्पतालमा कार्यरत ६० जना भन्दा बढि कर्मचारीहरुको स्वाब संकलन गरिएको छ । स्वास्थ्यकर्मिमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अस्पतालका कामहरु कसरी गर्ने भन्ने बिषयमा स्वास्थ्यकर्मिहरु अन्यौलमा परेका छन ।

प्रतिक्रिया दिनुहोस्