जोरायल गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न



विमल विष्ट,डोटी ।

जोरायल गाउँपालिकाको आठौँ गाउँ सभा आज बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा भएको उक्त सभामा उपाध्यक्ष जमुनाकुमारी बोहराले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ४६ करोड ७ लाख ८३ हजार पाँच सय २० रुपियाको बजेट प्रस्तुत गर्नु भएको हो ।

उक्त सभामा आगामि आर्थिक वर्षका लागि कोराना भाइरसका कारण रोजगारी गुमाएका स्थानीयलाई घरैमा रोजगारी दिने, उज्यालो जोरायल कार्यक्रमलाई निरन्तरता दिने, जोरायल क्षेत्रमा रहेका धार्मिक तथा सास्कृतिक क्षेत्रको संरक्षण गरी पर्यटन प्रबद्धनमा विकास, आन्तरिक पर्यटक भित्रयाउनमा जोड दिने, शिक्षा स्वास्थ्य, कृषि, भेटेरेनरी कार्यक्रमलाई विषेश प्राथमिकतामा राखी निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नु हुँदै उपाध्यक्ष बोहराले शिक्षा विकास तर्फ १७ करोड ५९ लाख, गाउँपालिका निर्सत अनुदानमा १ करोड ७० लाख २१ हजार, कृर्षि विकासमा २६ लाख १० हजार, स्वास्थ्य तर्फ ३ करोड ३४ लाख, निर्सत अनुदान १ करोड ४३ लाख १० हजार नौ सय ८०, पशु विकास तर्फ ५१ लाख, महिला बालबालिका तर्फ १९ लाख, गाउँपालिकाको भवन निर्माणमा १ करोड ७० लाख, पुर्वाधार विकास तर्फ ५ करोड ९४ लाख ७ हजार ५००, लगायत बजेट विनियोजन गरीएको जानकारी दिनुभयो ।

गाउँ पालिकाले कृर्षि तर्फ तरकारी, बास्मती चामल, फलफूल, मसाला र अलैची रोपणलाई प्राथमिकतामा राखेको छ । पशु तर्फ सामुहित बाख्रा पालन, उन्नत जाँतका बैरबोका बितरण/उत्पादन, डियोल प्रपोज जातका लोकल कुखुरा पालनलाई प्राथमिक्तामा राखेको छ । दुग्ध उत्पादन किसानलाई अनुदान दिने निर्णय गरेको छ ।

शिक्षा तर्फ विद्यालय वीच विभिन्न प्रतियोगिता गराएर प्रतिस्पर्धात्मक वातावरण सृजन गर्ने उदेश्यले १४ लाख ५० हजार तथा एक घर एक करेसावारी लगायतको कार्यक्रम रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्