यस्तो छ मकवानपुरका स्थानीय तहहरुको बजेट



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरका सबै १० स्थानीय तहहरुले पनि बुधबार बजेट ल्याएका छन् । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपियाँको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौं नगरसभामा हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ८ करोड ६६ लाख ३३ हजार बजेट विनियोजन गर्नुभएको हो ।

मकवानपुरगढी गाउँपालिकाले ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।भीमफेदी गाउँपालिकाले ५६ करोड ८७ लाख ५४ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजारको बजेट सार्वजनिक गरेको छ ।थाहा नगरपालिकाले ८० करोड ५६ लाख ३३ हजारको बजेट र बागमती गाउँपालिकाले ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोवर गाउँपालिकाले कृषि र पर्यटनलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५० करोडको अनुमानित बजेट बुधबार सार्वजनिक गरेको छ ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्