प्युठानमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित कुल संख्या १८४ पुग्यो



न्युज अफ नेपाल,प्युठान ।

प्युठानमा बुधबार थप दस जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।थपिएका संक्रमितहरुमध्ये ६ जना माण्डवी गाउँपालिका र ४ जना मल्लरानी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको परिक्षणमा बुधबार दस जनामा कोरोना पोजेटिभ देखिएको हो ।यससँगै जिल्लामा संक्रमितको कुल संख्या १८४ जना पुगेको छ । जिल्लामा अहिले सम्म दुई जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।

प्रतिक्रिया दिनुहोस्