नवलपरासी पूर्वमा ३८ कोरोना संक्रमित थपिए



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीमा मंगलबार सांझ ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सांझ ९ः१५ बजेको विज्ञप्ती अनुसार नवलपरासीको पहाडी बुलिड.गटार गाउपालिकामा १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यसै गरी पहाडकै बौदीकालीमा ५ जना महिला सहित ११ जना पुरुष र गैडाकोट नगरपालिकामा १ महिला र १ पुरुषमा कोरोना पुष्टि भएको हो । सदरमुकाम कावासोती नगरपालिकामा १ जना ९ वर्षीया बालिका र ९ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार संकलित स्वावहरु मध्ये कावासोती र बौदिकालीका २१ जनाको राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र गैडाकोट तथा बुलिड.गका १७ जनाको भरतपुर अस्पतालको प्रयोगशालाबाट परीक्षण नतिजा आएको हो ।

प्रतिक्रिया दिनुहोस्