समुदायमा एक महिना पहिले कोरोना संक्रमण पुष्टि, थपिए २२ जना



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वत जिल्लामा मंगलबार एक तीन बर्षे बालिका सहित २२ जना कोरोना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा २१ जना र गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

समुदायका ४ जना ब्यक्तिमा समेत संक्रमण पुष्टि भएको छ भने कुस्मा नगरपालिका १२ ठुलीपोखरीका ३ महिने बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी अभिभावक संगै क्वारेन्टाईनमा रहेका छन । थपिएका नयाँ संक्रमितमा कुस्मा नगरपालिकामा ९ जना, फलेबास नगरपालिकामा ७ जना तथा बिहादी, मोदी र पैंयु गाउँपालिकामा २÷२ जना रहेका छन ।

समुदायका ब्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएपछि पर्वतमा समुदायमा एक महिना अघि नै संक्रमण फैलिएको आशंका गरिएको छ। गएको जेठ २१ गते दुर्घटना भई उपचारका लागि मणिपाल अस्पतालमा पुगेका पुगेका ३५ बर्षिय युवालाई मणिपाल शिक्षण अस्पताल पोखरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा अस्पतालबाटै कोरोना सरेको अनुमान गरिएको थियो तर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि नभएको र अहिले परिवार तथा साथीहरुमा संक्रमण पुष्टि भएका कारण समुदायमा नै कोरोना रहेको आशंका गर्न थालिएको छ ।

२१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा पठाइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा घाइतेका परिवार र छिमेकी तथा सहयोगीमा आरटिडी गर्दा नेगेटिभ रिर्पोट आएको थियो भने घाइते युवाको उपचारमा संलग्न मणिपाल शिक्षण अस्पतालका ७६ जना स्वास्थ्यकर्र्मीहरुमा संक्रमण पुष्टि नभएपछि असार २ गते समुदायमा कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएको थियो ।

परिक्षणका क्रममा ८ जनाको रिर्पोट नेगेटिभ आएपनि परिवारका तीन सदस्य र एक जना साथीको रिर्पोट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम पछिल्लो संक्रमणले यस अघि नै समुदायमा कोरोना संक्रमण भएको आशंका गर्न सकिने बताउनुहुन्छ ।

उहाँले अब सबैको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य पनि कठिन बन्न थालेका कारण सबैले घरमै सुरक्षित बस्ने र लक्षण भए मात्रै अस्पताल आउने अबस्था आएको बताउनुयो । आम्बोटमा चार जनामा संक्रमण देखिएपछि कति जनाको नमुना परिक्षण गर्ने भन्ने बिषय नै बिषयमा अन्यौल छ ।

प्रतिक्रिया दिनुहोस्