तिम्ल्याहा शिशुमा कोरोना संक्रमण



मेक्सिकोसिटी,एजेन्सी ।

मेक्सिकोमा जन्मेका तिम्ल्याहा शिशुमा कोरोना भाइरस संक्रमण भएको पाइउको छ । स्थानिय स्वास्थ निकायले यसलाई अप्रत्यासित घटनाको संज्ञा दिएको छ ।

चिकित्सा विशेषज्ञहरुले गर्भावस्थाकोबेला आमाको गर्भाशयबाटै रोग सरेको पो होकी भनेर अनुसन्धान गरिरहेका छन् । तिनजना मध्ये दुई जना छोरा र अर्की छोरी रहेका छन् । सान लुइस पोटोसी राज्यका अस्पतालमा जन्मेका तिनीहरुको स्वास्थ स्थिती स्थिर रहेको बताइएको छ ।

तर एकजना शिशुको श्वास प्रश्वास सम्बन्धी उपचार थालिएको छ । यसअघि सम्म बहु शिशु जन्मको क्रममा विश्वमा अझै कोरोनाको घटना नभेटिएकाले यस घटनाको गम्भीर अनुसन्धान भइरहेको राष्ट्रिय स्वास्थ सुरक्षा समितिले जनाएको छ । स्वास्थमन्त्री मोनिका लिलियाना रान्जेल माट्रिनेजले जन्मँदा तिनीहरु संक्रमित हुनु असम्भवै रहेको बताएकीछन् ।

प्रतिक्रिया दिनुहोस्