जर्मनीमा पुन: लकडाउनमा कडाई



वर्लिन,एजेन्सी ।

जर्मनीको नर्थ राइन–वेस्टफालियाको स्थानिय प्रशासनले मासु प्याक गर्ने कारखानामा कोरोना भाइरसको महामारी देखा परेपछि सो शहरमा पुन लकडाउन गरेको छ । टोनिस कारखानामा गरिएको स्वाथ परिक्षणबाट तयहाँका एक हजार पाँच सयभन्दा बढि कामदार कोभिड १९ पोजिटिभ देखिएका छन् ।

राज्य प्रमुख आर्मिन लास्चेटले तीन लाख ६० हजार आवादी रहेको गुटरस्लो जिल्लामा आगामी ३० जुन सम्म कडा लकडान गरिने बताएका छन् ।

गत मे महिनामा राष्ट्रभरि कडा लकडान फुकुवा गरेका जर्मनीले पहिलो पटक यस्तो कदम उठाएको हो । विश्वभरि नै कोरोना विरुद्ध चालेका ठोस कदमका लागि जर्मनीको प्रशंसा भएपनि त्यहाँ फेरी संक्रमित फैलिने सन्त्रास शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्