ओखलढुंगामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु



न्युज अफ नेपाल,ओखलढुंगा ।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ देउरालीमा ट्याक्टर दुर्घटनमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।सोलु करिडोर ३३ केभिए प्रसारण लाइनको तार टाँगेर फर्कदै गरेको नम्बर नखुलेको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुदाँ चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सञ्जयको उपचारका क्रममा मंगलबार दिउसो ओखलढुंगा सामुदायीक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभज्याङ गाउँपालिकाबाट थाक्लेतर्फ जार्दै गरेको ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । ट्याक्टरमा पछाडीको भाग ढाला नभएकाले चालकमात्र सवार थिए ।घटनाको बिषयमा थप अनुसन्धान भइरहको र ट्याक्टरको कागजपत्र झिकाउने काम भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्