शिशुसहित १४ जना कोरोना संक्रमित डिस्चार्ज



अनिल खत्री, गुल्मी ।

१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गुल्मीमा जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशुसहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएकाहरू १४ दिन आइसुलेसनमा बसेर डिस्चार्ज भएका हुन् । संक्रमित भएकाहरूमा कुनै पनि लक्षण नदेखिएकाले पुनः कोरोनामुक्त भए/नभएको भने चेकजाँच नगरी पठाइएको अर्यालले बताउनुभयो ।

पछिल्लो निर्देशनअनुसार संक्रमण पुष्टी भए पनि कोरोनाको लक्षण कुनै पनि नदेखिए पुनः चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरी घर पठाइएको उहाँले बताउनुभयो ।

डिस्चार्ज हुनेहरू जिल्लाको रेसुङ्गा नगरपालिका–४ का आठ महिनाका शिशु, १८ वर्षकी महिला, वडा नम्बर १ का ३० वर्षका, वडा नम्बर २ को ३१ वर्षका पुरुष, वडा नम्बर ७ का २३ वर्षका पुरुष, वडा नम्बर १० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर १२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो ।

गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण पुष्टी भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए ।

संक्रमितलाई रेसुङ्गा नगरपालिका–१ को आइसुलेसनमा राखेर उपचार गरिएको थियो । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा कोरोना संक्रमित जिल्लामा १ सय ७९ जना पुगेका छन् । संक्रमित २० जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार १ सय ६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्