पतन्जलीले ल्यायो कोरोनाको औषधी



नयाँदिल्ली (एजेन्सी)
भारतको पतन्जली आयुर्वेदले कोरोना भाइरस संक्रमणका लागि आयुर्वेदिक औषधी तयार गरेको दावी गरेको छ । संस्थाका तर्फबाट हरिद्वारमा मंगलबार स्थानिय समय १२ बजे दिब्य कोरोनिल ट्याब्लेट लन्छ गरिनेछ ।
योग गुरु रामदेव र पतन्जली सीईओ बालकृष्ण आचार्यले यो औषधीको क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गर्नेछ । यो औषधी पतन्जली रिसर्च इन्स्टिच्युट र नेसनल इस्टिच्युट अफ मेडिकल साइन्स, जयपुरले मिलेर बनाएको हो । कम्पनीले कारोनिलको क्लिनिकल परीक्षण अन्तिम चरणमा रहेको बताएको छ । हाललाई यसको उत्पादन हरिद्वार दिब्य फार्मेसी र पतन्जली आयुर्वेद लिमिटेडले गरिरहेको छ ।
नियामक निकायबाट अनुमोदन भएपछि औषधीको स्वास्थ्य परीक्षण इन्दौर र जयपुरमा भएको हो । बालकृष्णका अनुसार मानिसले योग पनि गर्नु पर्नेछ र प्रतिरोध प्रणाली बढाउन उपयुक्त स्वस्थ भोजन लिनु पर्नेछ ।
कोविड १९ महामारी शुरु भए लगत्तै वैज्ञानिकहरुको एक टोली यस काममा लागेको बालकृष्णले जानकारी दिए । सुरुमा स्टिमुलेसनबाट भाइरससँग लड्ने र सरीरमा त्यसको प्रसार रोक्ने पदार्थको पहिचान गरिएको उनले बताए । सयौं कोरोना पोजिटिव विरामीमा यस औषधीको क्लिनिकल केस स्टडी भएको र त्यसमा सत प्रतिशत नतिजा आएको पतन्जली सीइओले दावी गरे । कोरोनिलले कोविड १९ विरामीलाई ५ देखि १४ दिनमा ठीक पार्न सक्ने उनले बताए ।
कोरोनिमा गुर्जो, अश्वगन्धा, तुलसी, श्वसारी र अणु तेलको मिश्रण रहेको बालकृष्णले जानकारी दिए । यो औषधी दिनको दुई पटक विहान र साँझ लिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्