ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ



न्युज अफ नेपाल,भद्रपुर ।

ब्राउनसुगरसहित झापामा तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । २८ ग्राम ९७ मिलिग्रामसहित कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगन्ज सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कमल गाउँपालिका ५ का २० वर्षीय दीपेश थापा, झापा गाउँपालिका ४ का २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेश रहेको थापाले जनाउँनुभयो । मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको प्रहरीको भनाइ छ ।

काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका उनीहरूलाई पक्राउ गरेको डिएसपी थापाले बताउँनुभयो । उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । थप अनुसन्धानका तीनैजनालाई लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्