ठेलामा राखेर म:म बेच्ने व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि…



एजेन्सी । भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, एक म:म विक्रेताले जनताका लागि समस्या खडा गरेका छन् । ति विक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर मोमो बेच्दै आएका थिए । तर अब उसको कोरोनामा रिपोर्ट पोजिटिभ आएको छ ।

जसका कारण मानिसहरूमा हलचल मचिएको छ । जिल्ला प्रशासनले मोमो विक्रेताको सम्पर्कमा आएकाहरुलाई आआफ्नो कोरोना परीक्षण गर्न अपील गरेको छ ।

ग्वालियर कलेक्टर कौशललेन्द्र विक्रम सिंहले मोमोका पारखीहरु जो उस्को सम्पर्कमा आएका थिए उनीहरुले जिल्ला अस्पतालमा गएर आफैले आफ्नै खर्चमा परीक्षण गराउनु पर्ने बताएका छन् । सयौं मोमो पारखीहरु हरेक दिन ती म:म बिक्रेताको सम्पर्कमा आउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्