महिलाको शरीरमा पुरुषको गिद्धे नजर



मोतीराम तिमल्सिना,काभ्रे ।

लकडाउन भित्र पनि महिलाहरु असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका ब्यक्तिहरुबाट महिलाहरु बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ रामपुर स्थित आफ्नै घरमा पाहुना आएका श्रीमानका साथीले २० बर्षिया महिलालाई जर्बजस्ति करणी गरेका छन् ।

लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले बैशाख १५ गते साँझको समयमा श्रीमानलाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जर्बजस्ति करणी गरेका थिए । कान्छाले केहि दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसके पछि बैशाख १५ गते उनका श्रीमान र कान्छाले रक्सि खाने सल्लाह गरे । दुबैले रक्सि खाए ।

रक्सि खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सि थिएन । उनै कान्छाले महिलाको श्रीमानलाई १ सय २० रुपैया दिएर रक्सि किन्न पठाए । श्रीमानलाई रक्सि किन्न पठाएर श्रीमतीलाई कान्छाले जर्बजस्ति गरेको महिलाको बयान छ । श्रीमतीलाई जर्बजस्ति करणी गरेको श्रीमानले देखे लगत्तै कान्छा फरार भएका थिए । उनिहरुको एक सन्तान छन् ।

डेढ वर्ष अघि मात्रै उनिहरुको विवाह भएको थियो । बैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनिहरुले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकविर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् ।

त्यस्तै साढुभाई विदेश गएको मौका छोपी सालीसँग पटक पटक जर्बजस्ति अनैतिक सम्वन्ध राख्ने पाँचखाल नगरपालिका वडा नम्वर १२ साविक बालुवा गाविस वडा नम्वर ९ खहरेगाउँका ३७ बर्षिय रत्न भन्ने चन्द्रबहादुर दनुवार पक्राउ परेका छन् । विदेशबाट लकडाउन हुनु अघि घर फर्किएका श्रीमानले श्रीमतीको पेट लगातार बढेको, खाना अरुची भएको, वाकवाकी लागेको तथा गर्भ रहेको जस्तो आशंका लागे पछि सोधेका थिए ।

श्रीमतीले आफ्नै भिनाजुको गर्भ भन्न नसकेर चुप लागेर बसेको भन्दै श्रीमानको सहयोग हुने भए पछि बास्तविकता बताएकी थिईन् । उनको पेटमा चार महिनाको गर्भ रहेको परिक्षणबाट देखिए पछि श्रीमान श्रीमती दुबैको सल्लाहका रत्न भन्ने चन्द्रबहादुर दनुवारलाई पक्राउ गरिएको छ ।

लकडाउनको अवसरमा श्रीमान श्रीमती घरमै बसिरहेका थिए । २०७६ पुष २६ गते दिउसको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ स्थित बगैचामा श्रीमानले विदेशबाट पठाएको रकम पाँचखाल तामाघाटबाट लिएर फर्कने क्रममा चन्द्रबहादुरले जर्बजस्ति गरेका थिए । आईएमईबाट पैसा निकालेर टेम्पोमा चढ्न लाग्दा चन्द्रबहादुरले उनलाई फोन गरे ।

भिनाजु चन्द्रबहादुरको पनि टेम्पो भएकाले उनले अरुकोमा किन जानु मेरो टेम्पोमा फर्काैला पर्ख भने । टेम्पोमा चढाएर ल्याएका चन्द्रबहादुरले दिउसो २ बजेको समयमा बगैचामा कसैले नदेख्ने गरी फकाई फकाई लगेर जर्बजस्ति करणी गरेका थिए । त्यहि दिन उनले साँझ ६ बजे जर्बजस्ति करणी गरे । कसैलाई भने मारिदिन्छु भन्ने धम्कि दिएकाले पटक पटक आफु बाध्य भएको उनले बताएकी छिन् ।

होक्सेको जंगलमा पु¥याई उनले जर्बजस्ति करणी गर्ने गरेको महिलाले बताईन् । २०७६ फागुन १३ गते महिलाको छोरा झुण्डिएर आत्महत्या गरे । छोराले घरमै आत्महत्या गरे पछि महिलाको श्रीमान विदेशबाट फर्किएका थिए । श्रीमानबाट विदेशबाट फर्किए पछिको समय भन्दा अगावै उनको पेटमा बच्चा रहेको थाहा पाए पछि परिक्षण पछि भिनाजु चन्द्रबहादुरको जर्बजस्ति करणीबाट बच्चा रहेको थाहा भएको थियो । उनी अहिले प्रहरी हिरासतमै छन् । प्रहरीले २०७७ जेठ ११ गते उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ९ छोटेडाँडामा २०७७ जेठ ११ गते मध्यरातको १२ बजेको समयमा ६१ बर्षिय प्रल्हाद सार्काीले मादक पदार्थ सेवन गरी ढोकाको चुकुल अग्लो काठमा चढी निकालेर सुतिरहेकी ५२ बर्षिया एकल महिला माथी जर्बजस्ति करणी गरेका छन् । सार्कीले पारिवारीक विछिप्तताको घटना सुनाउँदै जर्बजस्ति गरेको स्विकारेका छन् ।

तीन मध्ये दुई छोरा आँखा देख्दैनन । माईलो छोराले केहि वर्ष अघि विवाह गरेर बच्चा समेत भए पनि २०७७ बैशाख २२ गते आफ्नै घरमा झुण्डि आत्महत्या गरेकी थिईन । बुहारीले लकडाउनकै अवधीमा झुण्डि आत्महत्या गरेपछी थप पीडामा रहेकाले मादक पदार्थ नियमित सेवन गरिरहेको उनले बताए । पेशाले उनी सिकर्मी हुन् ।

माईती घरको टहरोमा एक्लै बस्दै आएकी महिलासँग उनको चिनजान भईरहेको थियो । एक वर्ष अघि महिलाका श्रीमानको निधन भयो । श्रीमान घर ज्वाई बसिरहेका थिए । ९/१० वर्ष अघि देखि महिलाको श्रीमान र प्रल्हाद सार्की सँगै मादक पदार्थ सेवन गर्दै आएका थिए । महिलाको आर्थिक अवस्था कमजोर भएकाले प्रल्हाद सार्कीले सिकर्मी काम गरेर आएको केहि रकम सहयोग गर्दै आएका थिए । प्रल्हादले महिलालाई पैसा दिए बापत पटक पटक शारिरिक सम्पर्क राख्दै आएका थिए ।

आमा खुवाउने औशीको दिन दिउसो दुबै जनाले सहमतिमा सम्पर्क गरेको र मध्यरातमा मादक पदार्थको उन्मादमा मध्यरातमा उनको घरमा गएको बताएका छन् । हरेक पटक पैसा दिए पछि मात्रै सम्पर्क गर्ने गरेकाले त्यस रात पैसा नबोकी गएका कारण महिलाले शारिरिक सम्पर्क गर्न दिन्न भनिन् । त्यस दिन जर्बजस्ति करणी नगरी घरमा आएर सुतेको उनले बताएका छन् ।

२०७७ बैशाख २२ गते बुहारी झुण्डिएर मरे पछि किरिया गररे बसेका थिए । २०७७ जेठ २१ गते पातलेखेतबाट घर फर्किँदा मादक पदार्थ सेवन गरी घर आउँदै गर्दा पुनः महिलाको घरमा पस्न थालेका थिए । महिला घरमा नभए पछि उनकै घर नजिकै बारीमा सुतिरहेको अवस्थामा उनकै छोरी पर्नेले देखेर स्थानीय मार्फत प्रहरीलाई खवर गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्