साउन १० देखि प्रदेश ५ मा झाडा पखालाविरुद्ध रोटा खोप शुरु गरिने



यमलाल भुसाल,बुटवल।

स्वास्थ्य निर्देशनालय प्रदेश पांँचले झाडा पखालाका बिरुद्व प्रदेशमा रोटा खोप सञ्चालन गर्ने भएको छ । वालवालिकालाई झाडापखाला हुनवाट रोक्नका लागि नियमित रुपमा रोटा खोप लगाउने अन्तिम तयारी गरिएको हो । आगामी साउन १० गतेदेखि रुपन्देहीमा खोटा खोप सञ्चालन गर्नेगरी स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

रुपन्देहीका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई रोटा खोपबारे स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई स्वास्थ्य कार्यालयले चौथो चरणको स्वास्थ्य प्रशिक्षण दिएको हो ।

आगामी साउन १० गतदेखि जिल्लाका सबै स्थानीय तहमा रोटा खोप सञ्चालनका लागि स्वास्थ्य कर्मीहरुलाई आइतबार अन्तिम खभिमुखिकरण तालिम दिइएको हो । सोही कार्यक्रममा बोल्दै प्रदेश पांँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकलाई छिटो छरितो सेवा दिन स्वास्थ्यकर्मीहरुलाई कार्यशैली र कार्यसम्पादनमा परिवर्तन ल्याउन आह्वान गर्नु भयो ।

मन्त्री बरालले नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको बताउंदै झाडापखाला तथा विभिन्न प्रकारका रोग नियन्त्रणका लागि रोटा खोप सहज रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।स्वास्थ्य निर्देशनालय प्रदेश पांँचका निर्देशक डाक्टर विनोदकुमार गिरीले प्रदेशका १२ वटै जिल्लामा रोटा खोप सञ्चालन गरिने जानकारी गराउनु भयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसंगै बालवालिकालाई स्वस्थ्य बनाउनका लागि रोटा खोप नियमित गरिने बताउनुभयो । प्रदेश पांच स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले सरकारले रोटा खोप उपलब्ध गराई सकेकाले प्रदेशका सबै जिल्लामा सहज रुपमा सञ्चालन गरिने बताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा खोप अधिकृत भेषराज शर्माले झडापखालाबाट मृत्यु हुने वालवालिकाको मृत्युदर रोक्नका लागि रुपन्देहीमा रोटा खोप सञ्चालन गर्न लागिएको बताउनु भयो ।

वालवालिका जन्मेको ६ हप्तामा पहिलो पटक र १० हप्तामा दोस्रो पटक खोटा खोप लगाउनु पर्ने जानकारी गराउनु भयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरीको अध्यक्षता र टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्