खोलाले बगाउँदा एक महिलाको मृत्यु



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको हो ।

सोमबार विहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिडेका दुई जना महिला मध्ये सारुलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । निरन्तर परेको वर्षाका कारण पानीको वहाव एक्कासी बढेपछि ति महिलालाई बगाएको हो ।

उनलाई बगाई केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीसँग गएकी अर्की महिला भने सकुशल रहेको स्थानीयले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्