पोल ढलेपछि तीन दिनदेखि विद्युत अवरुद्ध



न्युज अफ नेपाल,पाल्पा ।

अविरल वर्षाका कारण विजुलीको पोल ढलेपछि पाल्पा जिल्लाको पश्चिमी क्षेत्र तीन दिन देखि अन्धकारमय बनेको छ । लगातार परेको झरीले रिब्दकोट गाउँपालिका वडा नं ७ पालुङमैनादी बतासेमा १० वटा हाईटेन्सन विजुलीको पोल ढल्दा विद्युत अवरुद्ध हुन पुगेको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोला देखि पश्चिमा क्षेत्रमा गएको तीन दिन देखि विजुली अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । एकै पटक ठुलो संख्यामा पोल ढल्दा र निरन्तरको वर्षाले मर्मतमा कठिनाई भएको प्राविधिक मिनवहादुर थापाले वताउनु भयो ।

विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख ईन्जिनियर सुशील पौडेलले अवरुद्ध विद्युतको मर्मत छिटो गर्ने तयारी भए पनि वर्षाको कारणले समस्या भएको र वर्षा रोकिना साथ समधानमा लाग्ने जानकारी दिनुभयो । लाइन अवरुद्ध हुदा संचारमा समेत समस्या भएको छ ।

शुक्रबारको र शनिबारको वर्षाले पश्चिम बतासे सहित पालुङमैनादी,अम्लाबास,दाँगील,नेपाने झिरुभन्जयाङ लगायतको ठाउँमा असंख्य मात्रमा विजुलीको पोल ढलेका छन । आईतबार राति सम्म कुसुम खोलामा सुचारु रहेको वताइएको छ ।

त्यसैगरी आइतवार र सोमवारको वर्षाले गर्दा तानसेन नगरपालिका ११ जोगिपानिमा हाइटेन्सन विजुलीको दुईवटा पोल ढल्दा पश्चिम पाल्पामा पुर्ण रुपमा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकारण पाल्पा वितरण केन्द्रले जनाएको छ । विद्युत मर्मतको प्रयास जारी रहेको कार्यालय प्रमुख सुशील पौडेलले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्