घरकै कोठामा नयाँ फिल्म रिलिज



नयाँदिल्ली,(एजेन्सी)

गत शुक्रवार साँझ दिल्ली निवासी वकिल इसिका गून आफ्नो अपार्टमेन्टमा फ्लयाटमा बस्ने साथीहरुसंग नयाँ वलिवुड फिल्म हेर्न एकै स्थानमा जम्मा भइन् । अन्य सामान्य अवस्थामा उनी आफ्ना तिनै साथीहरुसंग शुक्रवार राति नजिकका थियटरमै पुगेर फिल्म हेर्ने गर्थिन् ।

तर अहिले कोरोना भाइरसको महामारीको कारण सिनेमाघरहरु बन्द छन् । अहिले मानिसहरु आफ्नै घरमा मनपने फिल्म हेरेर रमाउने गरेका छन् । अहिले चर्चित वलिवुड कलाकारले भरिएको ‘ गुलाबो सिताबो ’ लाई थियटरलाई बाइपास गरी रिलिज गरिएको छ ।

लोकप्रिय स्ट्रिमिंग कम्पनी अमेजन प्राइम भिडियोले प्रिमियर गरेको गुलाबो सिताबो हेर्न इसिका साथीहरुसंग एकै स्थानमा जम्मा भएकी थिइन् ।वलिवुड सुपरस्टार अमिताभ बच्चन र नवोदित अभिनेता आयुष्मान खुराना अभिनित यो कमेड फिल्म हो ।

यसको कथावस्तु आधुनिक लखनव शहरमा आधारित छ । विभिन्न स्ट्रिमिंग कम्पनीहरुले धमाधम नयाँ फिल्म रिलिज गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्