१ लाख ५० हजार डलर पर्ने जुत्ता



लन्डन,( एजेन्सी)

सत्तरी दशकको शुरुमा युनिभर्सिटी अफ ओरेगनका एकजना धावकका लागि विश्व प्रसिद्ध जुत्ता निर्माण कम्पनी नाइकका सह–संस्थापकले हातबाटै बनाइदिएको जुत्ता आगामी लिलाममा १ लाख ५० हजार अमेरिकी डलरमा बिक्री हुने अनुमान नाइक कम्पनीले गरेको छ ।

लिलाम गृह सोथविजका अनुसार नाइकका सह संस्थापक विल बोअरम्यानले सो ऐतिहासिक जुत्ता आफ्नै हातले बनाएका थिए । त्यतिवेला उनी युनिभर्सिटी अफ ओरेगनमा ट्र्याक प्रशिक्षकको रुपमा काम गर्दथे ।

उनको टोलिबाट दौड्ने जोह्न मेज नामक धावकका लागि तलुवामा काँडाको जस्तो डल्ला भएका सो जुत्ता बनाइएको थियो । त्यतिवेला देखि नै यो जुत्ता मेजले आफुसंगै राखेका थिए । बोअरम्यान र फिल नाइटले सन् १९६४ मा ब्ल्यु रिब्बोन स्पोर्टस नामक कम्पनी स्थापना गरेका थिए । पछि सन् १९७१ मा यसलाई ‘ नाइक ’ नाम दिइयो ।

प्रतिक्रिया दिनुहोस्