कोराना संक्रमित नहुनु नै राम्राे, निको भइसकेपछि पनि यस्ता समस्या देखिन सक्ने 



किभ,( एजेन्सी ) ।

अझै कुनै खोप र औषधि पत्ता नलागेको कोभिड १९ को सन्त्रासबाट विश्वका कुनै पनि मानिस अछुतो रहेको छैन । यसबाट लाखौंको ज्यान गइसकेको छ भने लाखौं व्यक्ति संक्रमित भएर उपचार गराइरहेका छन् ।

पछिल्लो समयमा कोराना भाइरस संक्रमित हुनेहरुमा पनि कोहिमा गम्भीर लक्षण देखिएका छैनन् भने कोहिमा पटक्कै कुनै लक्षणनै नदेखिएको अवस्था छ । हामीले कोरोना उपचारबाट सफल भएका मानिसहरुले खुशी मनाउँदै गरेका तस्वीर सहितका खवर देखेका छौं । तर अब आएर कोरोना संक्रमित बिरामीका फोक्सोको स्थिती कहिल्यै पनि पुरानै स्थितीमा नफर्कने डरलाग्दो तथ्य खुलासा भएको छ ।

लामो समय देखि संक्रमितहरुको उपचारमा संलग्न आइसियुका नर्स सेरी एन्टोइनेत्ते ट्विटरमा लखेकीछन्- ‘ति बिरामीहरका अंग कहिले पनि पुर्ण रुपमा निको हुँदैनन् । यसबाट हुने केहि क्षति स्थायी हुन्छ ।’

कोभिड १९ को कारण तपाईंको रगत निकै बाक्लो हुने भएकाले सफल उपचार पछि पनि तपाईंलाई डरलाग्दो मस्तिष्कघात वा हृदयाघात हुने खतरा बाँकी नै रहन्छ । अथवा बाँकी जीवनभरि तपाई अक्सिजनको सहारामा बस्नुपर्ने पनि हुनसक्छ ।

’ अमेरिकी नर्स एन्टोइनेत्तेले अगाडि भनेकी छन्- ‘अस्पतालमा चिकित्सकहरुले तपाईंलाई रोग निको भयो भन्दा तपाईंको फोक्सोको प्रत्यारोपण गर्नुपर्ने वा कुनैपनि बेला तपाईलाई मस्तिष्क वा हृदयाघातको कारण पुन अस्पताल ल्याइनु पर्ने हुन सक्छ भन्ने तितो वास्तविकता बताउँदैनन् । ’

उनले भने अनुसार विश्वका अस्पतालहरुमा कोरोना भाइरसको उपचारपछि मुटु , मस्तिष्क , मृगौला लगायत दम जस्ता समस्याहरु लिएर आउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्