प्रधानमन्त्री मादीलाई पुर्व प्रम मनमोहनको सुझाव



नयाँदिल्ली (एजेन्सी)
भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहले गलवान उपत्यकामा भारतका २० सैनिकको मृत्यु खेर जान नहुने बताए । पुर्व प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाउँदै यो बेला एकजुट भएर चीनको दुस्साहसको जवाफ फर्काउनु पर्ने बताए ।
गत जुन १५ राती लद्दाखको गलवान घाटीमा चीन र भारतिय संैनिकबीच संघर्षमा भारतका २० सैनिकको मृत्यु भएको थियो । तर चीन तर्फ हताहत भएको विषयमा कुनै आधिकारिक आंकडा आएको छैन ।
चीनसँगको सीमामा भएको झडपमा मारिएका २० सैनिकका परिवार प्रति कृतज्ञता ब्यक्त गर्दै मनमोहन सिह भने ( आज हामी इतिहासको एक नाजुक मोडमा उभेका छौं । हाम्रो सरकारको निर्णय तथा सरकारद्वारा उठाएका कदमले भविष्यमा पुर्खाले हाम्रो आंकलन कसरी गर्ने तय गर्छ । जसले देशको नेतृत्व गरिरहेको छ, उनको काँधमा कर्तब्यको गहन दायित्व हुन्छ। हाम्रो प्रजातन्त्रमा यो दायित्व देशका प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीलाई आफनो शब्द र घोषणाद्वारा देशको सुरक्षा एवं सामरिक तथा भुभागको हितमा परर्ने प्रभाव प्रति सधैं अत्यन्त सावधान हुनु पर्छ ।
चीनले सन् २००२ अप्रिल देखि अहिले सम्ममा भारतिय सीमामा गलवान उपत्यका र पेगौं सो लेकमा धेरै पटक जबरजस्ती घुसपैठ गरेको सिंहले बताए । चीनको धम्की र दबाव अगाडी नझुक्ने र आफनो अखन्डतासँग कुनै सम्झौता स्विकार नगर्ने उनले बताए । पिछलग्गु सहयोगीबाट प्रचार गरिएका झुठको आडम्बरले सत्यलाई दबाउन नसक्ने पनि उनले बताए ।
उनले भने -हामी प्रधानमन्त्री र केन्द्र सरकारसँग समयको चुनौतीसँग सामना गर्न आग्रह गर्दछौं । कर्नेल बी सन्तोष बाबु र हाम्रा सैनिकहरुको बलिदानमा खरो उत्रनु, जसले राष्ट्रिय सुरक्षा र अखन्डताका लागि आफनो प्राणको आहुति दिए । यो भन्दा अलिकति पनि कम हुनु जनादेशसँग ऐतिहासिक विश्वासघा हुने छ ।

प्रतिक्रिया दिनुहोस्