होटेलमा न्यायाधीशको शव



बुखारेस्ट,(एजेन्सी) ।

तेहरानमा भ्रष्टाचारको अभियोग लगाइएका घोलामरेजा मन्सुरी नामक एक धार्मिक नेता तथा न्यायाधीशलाई रोमानियाको राजधानी बुखारेस्टस्थित होटेल परिसरमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

अभियन्ताहरूले उनीमाथि मानव अधिकार उल्लंघन गरेको अरोपसमेत लगाउँदै आएका थिए । इरानमा भ्रष्टाचारको अभियोग लगाइएका थुप्रै वरिष्ठ न्यायाधीशमध्ये एक उनी गत वर्ष इरानबाट भागेका थिए ।

रोमानियाली प्रहरीले उनलाई यसै महिनाको शुरूमा हिरासतमा लिएको थियो । उनलाई इरानमा सुपुर्दगी गर्ने वा नगर्ने भन्नेबारे अर्को महिना निर्णय हुनलागेको अनुमान गरिएको छ । ५२ वर्षीय उनी माथिलो तलाबाट खसेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्