आर्सेनलमाथि ब्राइटनको सानदार जित



लन्डन, (एजेन्सी) ।

नील माउपेले इन्जुरी समयको पा“चौं मिनेटमा विजयी गोल गर्दा रेलिगेसनको खतरामा रहेको ब्राइटनले आर्सेनलमाथि २–१ को सानदार जित हात पारेको छ ।

शनिबार राती भएको खेलमा फ्रेन्च स्ट्राइकर माउपेले ब्राइटनलाई २०२० सिजनको लिगमा पहिलो जित दिलाएका हुन् । टोलीले १–०ले पछि परेको स्थिति उल्ट्याएर सानदार जित सम्भव पारेको हो । यसअघि निकोलास पेपेले ६८औं मिनेटमा उत्कृष्ट घुमाउरो प्रहारमा गोल गर्दै आर्सेनललाई १–०को अग्रता दिलाएका थिए ।

तर लेविस डन्कले ७५औं मिनेटमा क्लोज रेन्जबाट गोल गरेपछि खेल १–१ बराबरीमा पुगेको थियो । अन्तिममा माउपेले एक गोल थप्दा आर्सेनलका लागि पुनःशुरू भएको लिगमा लगातार दोस्रो हार भयो । बुधबारको खेलमा टोली म्यानचेस्टर सिटीस“ग ३–० ले हारेको थियो ।
यस्तै अर्को खेलमा वुल्भसले वेस्टहामलाई २–० ले हराएको छ । वुल्भस्का लागि दुवै गोल दोस्रो हाफमा भएको हो, जसमा जिमिनेज र नेटोले गोल गरेका थिए । यसअघिको खेलमा वाटफोर्डले लेस्टर सिटीलाई १–१ मा रोक्यो । दुवै गोल अन्तिममा भएको थियो । स्टपेज टाइममा बेन चिलवेलले गोल गरेर लेस्टर सिटीलाई अग्रता दिलाए तर तीन मिनेटपछि क्रेग डाउसनले गोल गर्दा खेल बराबरीमै समाप्त भएको थियो ।

ढिलो राती भएको खेलमा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० ले हरायो । टोलीको जितमा कप्तान लुका मिलिभोएभिच र जोर्डन एवीले पहिलो हाफमा गोल गरेका थिए । यो जितस“गै क्रिस्टल प्यालेस अंकतालिकाको शीर्ष १० मा पुगेको छ ।

यी नतिजापछि पुछारका टोलीहरू वेस्टहाम, वाटफोर्ड र ब्राइटनका लागि रेलिगेसनको खतरा यथावत् नै रहेको छ । ब्राइटन ३२ अंक, वाटफोर्ड २८ अंक र वेस्टहाम २७ अंक जोडेर क्रमशः १५औं, १६औं र १७औं स्थानमा रहेका छन् । बर्नमाउथ भने २७ अंक जोडेर रेलिगेसन क्षेत्र १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्