भारतद्वारा कोरोनाको औषधी पत्ता लगाएको दावी



एजेन्सी ।

भारतीय कम्पनीले कोभिड १९ को औषधी पत्ता लगाएको दाव गरेको छ ।

ग्लेनमार्क फार्मास्यूटिकल्सले कोभिड १९ का हल्का देखि मध्यम बिरामीको उपचारका लागि फैबिफ्लू ब्रान्ड अन्तर्गत एन्टिवाइरल औषधि पेश गरेको छ । मुम्बईस्थित कम्पनीले शुक्रबार भने यो औषधि उत्पादन र बजारका लागि भारतको कन्ट्रोलर जनरल डीजीसीआइ बाट अनुमति प्राप्त गरेको छ ।

कम्पनीका अनुसार कोविड १ को उपचारको लागि पहिल खानुपर्ने औषधी फेवीपिरवीर हो । यो औषधि बजारमा प्रति ट्याब्लेट १०३ रुपैयाँको दरमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्