आतंकवादी हमलाको सूचनापछि दिल्लीमा उच्च सतर्कता



एजेन्सी ।

भारतको राजधानी नँया दिल्लीलाई लक्षित गरी आतंकवादी हमलाको सूचना पाएपछि दिल्ली पुलिसलाई उच्च सतर्कतामा राखिएको छ ।

सुरक्षा एजेन्सीले साझा गरेको जानकारी अनुसार आतंकवादीहरु पाँच वटा ट्रकमा दिल्लीको लागि प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीमा हमला गर्ने योजनामा आएका आतंकवादी कुनै बस या ट्याक्सीको सहायतामा दिल्ली प्रवेश गर्न सक्ने बताइएको छ ।

यस्तै, उनीहरु केही संख्यामा जम्मू कश्मीरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमले जनाएका छन् । हमला हुने खबर पाएसँगै जम्मू कश्मीरलागएत भारतका विभिन्न शहरमा उच्च सर्तकता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्