सुशान्‍तको निधनले विक्षिप्त बनेका ५ जनाले गरे आत्महत्या



एजेन्सी ।

बलिउड अभिनेता सुशान्‍त सिहं राजपुतको निधनले विक्षिप्त बनेका ५ जनाले आत्महत्या गरेका छन् ।

सुशान्तको मृत्युको खबर सुनेपछि उत्तर प्रदेशका ११ वर्षीय बालक, २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरी, उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एकरएक जनाले आत्महत्या गरेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको बांद्रास्थित आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्महत्या गरेका थिए। उनको मृत्युपछि बलिउडमा नेपोटिजमको विषयले चर्चा पाएको छ । विभिन्न कलाकारले नै बलिउडमा आफन्त नएका नयाँ कलाकार नेपोटिजमको शिकार बन्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्