निरमा साबुनले बोकेको हृदयविदारक कथा



न्युज अफ नेपाल, काठमाडौँ ।

एक आकर्षक विज्ञापनको खुबी भनेको कसैको पनि दिमागमा छाप भएर बस्न सक्नु हो । वासिंग पाउडर निरमा….निरमा । यो विज्ञापन धरैलाई स्मरण नै छ होला । निरमा आफनो गुणस्तर, मात्रा र सामथ्र्यका कारण प्रतिस्पर्धी भारतिय बजारको उचाइमा पुगेको छ । तर यसको नाम कसरी रह्यो भने कुरा हृदयविदारक छ ।

वास्तवमा करसनभाइ पटेलले आफ्नी छोरी निरमा एक कार दुर्घटनामा गुमाएका थिए । त्यसपछि उनले छोरीको स्मरणलाई जीवित राख्न उनको नामको एक ब्रान्डलाई छोरी जस्तै स्याहारे । ढोका – ढोकामा पुगेर सेवा शुरु गरेको यो साबुनले अहिले कुल बजारको २० प्रतिशत हिस्सा आगटेको छ भने डिटर्जेन्टको करिब ३५ प्रतिशत छ ।

आज उनी एक भारतिय उद्योगपति भइसके र डिटर्जेन्ट, साबुन र ५० करोड डलर पुँजी भएको कस्मेटिक्स सामानका प्रमुख उत्पादक निरमा समुहका संस्थापक । सन् २०१७ मा फोब्र्सले उनको कुल सम्पती ३ अर्ब ६० करोड देखाएको थियो ।

उनको जन्म भारतको उत्तर गुजरातमा एक किसान परिवारमा भएको थियो । उनले २१ बर्षको उमेरमा रसायन विज्ञानमा बी.एससी पुरा गरेका थिए । त्यसपछि लालभाई समुहको अहमदाबाद स्थित न्यु कटन मिल्समा ल्याब टेक्निसियनका रुपमा काम गरे । फेरी राज्य सरकारको भुविज्ञान तथा खानी विभागमा सेवा गरे ।

घर पछाडी सानो कारखाना

कार्यालयपछिको ब्यवसाय सुरु गर्ने क्रममा करसनभाइले निरमाको सुरुवाट सन् १९६९ मा गरेका थिए । त्यतिबेला भारतको घरलु डिटर्जेन्टको बजारमा सायदै कुनै प्रतिस्पर्धा थियो । अधिकांश मध्यम बर्ग र गरीब त्यतिबेला डिटर्जेन्ट किन्ने जोखिम उठाउन सक्दैनथ्यो ।

सस्तो र किफायती मुल्यमा डिटर्जेन्टको उत्पादन गर्ने यो अवसरलाई महसुस गर्दै करसनभाइले अहमदाबादको खोखरा स्थिति आफनो घर पछाडी डिटर्जेन्ट पाउडर बनाउन शुरु गरेका थिए ।

उनले त्यसलाई घर घरमा गएर ३ भारु प्रतिकिलोको दरले बेचे । त्यतिबेला त्यही गुणस्तरको अन्य ब्रान्ड भारु १३ प्रति किलोग्राममा डिटर्जेन्ट बेचिरहेका थिए । त्यसैले ग्राहक निरमा प्रति आकर्षित हुन थाले, किनभने गुणस्तरिय भएर पनि निरमा सस्तो मुल्यमा पाइरहेको थियो ।

बिजनेस स्ट्यान्डर्सको रिपोर्ट अनुसार ८० को दशकको शुरुवाटमा निरमा कठिन परिस्थितिमा गुज्रनु पर्यो किनभने यो विक्रीलाई लिएर संघर्ष गरिरहेको थियो । यो समस्याबाट मुक्त हुन करसनभाइ बजारमा फसेका सबै उधारो उठाएर नोक्सानबाट मुक्त हुने योजनामा पुगे ।
त्यसपछि उनले सेतो फ्रकमा लोकप्रिया निरमा समाएकी हिस्सी परेकी आफनी छोरीलाई विज्ञापन अभियानमा ल्याएर योजना मुताबिक काम गर्दै गए । यसबाट प्रभावित भएर ग्राहकहरु उक्त उत्पादन प्रयोग गरी हेर्न पसल पसलमा पुगे ।

निरमाको माग बढेपछि करसनभाइले आफना उत्पादनको ब्यापक स्तरमा विक्री गर्दै प्रतिस्पर्धीहरुलाई पनि पछाडी पारे । यो त्यो समय थियो जुन बेला निरमाको बिक्री एक अधिकतम सीमासम्म बढेको थियो र आफनो निकटम प्रतिद्वन्द्वि हिन्दुस्तान युनिलिवरको सर्फलाई उछिन्दै सबैभन्दा धरै विक्री हुने डिटर्जेन्ट बन्यो ।

करसनभाइले लाफार्जहोलसीमको सिमेन्ट ब्यवसाय १ अर्ब ४० करोड डलरमा किनेको थियो । उनले सन् १९९५ मा निरमा इन्स्टिट्युट अफ टेक्नोलोजीको सुरुवाट गरे र त्यसपछि सन् २००३ मा निरमा युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी । यसलाई निरमा एजुकेसन एन्ड रिसर्च फाउन्डेसनको रेखदेखमा राखियो ।

सन् २००४ मा उनले निरमाल्याब्स शिक्षा परियाजनाको शुरु गरे । यसको उद्देश्य देशमा उद्यमीहरुलाई प्रशिक्षण तथा प्ररित गर्नु थियो । सन् २०१० मा करसनभाइ पटेललाई प्रतिष्ठित पद्मश्री विभुषणबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्