चक्कु प्रहारमा तीनको मृत्यु



लन्डन (एजेन्सी) ।

बेलायतको रिडिंग सहरमा चक्क प्रहार गरि भएको हमलामा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना गम्भिर घाइते भएको प्रहरीले पुष्टी गरेको छ ।

घटनास्थलबाटै एक २५ वर्षिय युवकलाई गिरफ्तार गरिएको छ । यो घटना रिडिंग सहरको फोर्बरी गार्डस पार्कमा स्थानिय समय अनुसार साँझ ७ बजे भएको हो । प्रहरीले घटनालाई कट्टरपन्थ मान्न अस्विकार गरेको छ तर आतंकवाद विरोध दस्ताका अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।

सुरक्षा सुत्रले घटनास्थलमा गिरफ्तार गरिएका ब्यक्ती लिबियाली मुलका भएको जनाएको छ । आक्रमणकारीले पार्कमा बसिरहेका समुहमाथि तिब्रताका साथ हमला गरेको एक प्रत्यक्षदर्शीले बताए । केही समाचारमा एक प्रहरीले अभियुक्तलाई अठ्याएर नियन्त्रणमा लिएको दावी गरिएको छ ।

तर प्रहरीले अहिलेसम्म यस घटनाका सम्बन्धमा कसैलाई हिरासतमा नलिएको जनाएको छ । टेम्स वेली पैहरीका गुप्तचर प्रमुख सुपरिटेन्डेन्ट इरान हन्टरले भने ( अहिले नै यसलाई आतंकवादी घटना मानिएको छैन । यद्यपी घटनाको उद्देस्यलाई लिएर जाँच सुरु भइसकेको छ र आतंकवाद प्रतिरोध दलका अधिकारीले पनि मद्दत गरिरहेका छन् ।

टेम्स वेली प्रहरीले हमला पार्कमा भएको ब्ल्याक म्याटर प्रोटेस्टसँग पनि सम्बन्धित नभएको बताएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले घटनामा मारिएकाहरुको परिवार प्रति संवेदना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्