नाबालिक छोरीमाथि बलात्कार प्रयास गरेपछि श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या



एजेन्सी ।

नाबालिक छोरीको बलात्कार प्रयास गरेपछि एक जना महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

उनीहरु भारतको लुधियानास्थित माधोपुरी इलाकामा भाँडामा बस्दै आएका थिए । यो महिलाको दोस्रो विवाह थियो र उनको पहिलो विवाहबाट एक छोरा र एक छोरी थिए । यस अघि २०१४ मा ती महिलाको पहिलो श्रीमानबाटकी छोरीले आत्महत्या गरेकी थिइन् । त्यसबेला पनि महिलाको दोस्रो श्रीमानमाथि बलात्कारको आरोप लागेको थियो ।

रक्सि पिएर घर फर्किएका श्रीमानले आफ्नै छोरीलाई बलात्कार गर्ने प्रयास गरेपछि ती महिलाले तारको टुक्राले घाँटी दबाएर उनको हत्या गरेकी थिइन् ।

घटनामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्